सगरमाथा फाइनान्सले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर बिक्री खुल्ला गरयो

Post Date : December 26, 2016 | 1:52 pm

काठमाडौँ, ११ पुस । सगरमाथा फाइनान्सले २०७३ मङ्सिर २२ गतेसम्म कायम साविक सेयरधनीहरुका लागि १० बराबर ८ को अनुपातमा प्रति शेयर रु १०० अंकित दरको २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री २०७३ पुस ११ गते देखि २०७३ पुस १७ गतेसम्म खुल्ला गरेको छ ।

हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *