सत्तरी सहकारी निष्क्रिय सूचीमा

Post Date : May 25, 2016 | 5:37 pm

बैतडी, १२ जेठ । बैतडीमा ७० वटा सहकारी संस्था निष्क्रिय सूचीमा रहेको डिभिजन सहकारी कार्यालय बैतडीले जनाएको छ ।

आव २०६८/६९ देखि हालसम्म लेखा परीक्षण नभएका, आर्थिक २०६९/७० देखि साधारणसभा नगरेका सहकारी संस्थालाई निष्क्रिय सहकारी संस्थाको सूचीमा राखिएको सहकारी अधिकृत वासुदेव भण्डारीले बताउनुभयो ।

निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थाले सहकारी ऐन र नियम पालना नगरेको पाइएको छ उहाँले भन्नुभयो “निष्क्रिय अवस्थामा रहेका सहकारी संस्थाले आगामी असार १० गतेसम्म आफ्ना कागजपत्र पेस नगरेमा सहकारी ऐन २०४८ को दफा ४१ को उपदफा ३ बमोजिम दर्ता खारेज गरिनेछ ।”

निष्क्रिय रहेका धेरै सहकारी संस्थामा बचत तथा ऋण सहकारी संस्था रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *