सनराइजको “बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत भक्तपुरका एकजना ग्राहक लाभान्वित

Post Date : September 25, 2016 | 6:31 pm

काठमाडौं, ९ असोज । सनराइज बंंैक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा “बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाखमा नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ ।

सोही बीमा व्यवस्था अनुरुप श्री राम भक्त गाबंजार (वंशिजु) की बुहारी श्री राम काजी गाबंजार (वंशिजु) की पत्नी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ बस्ने सुर्जे माया गाबंजार (वंशिजु) घाइते भई उपचारको क्रममा निधन भएको थियो । “बचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत मृतकको नाममा यस बंंैकको भक्तपुर शाखामा रहेको खातामा रहेको निक्षेप रकम भुक्तानी मृतकको छोरा श्री राधेश्याम गाबंजार (वंशिजु) लाई भिसा कार्ड, ई–बैंकिङ्ग, र सनराइज स्मार्ट बैंकिङ्ग सम्बन्धी सचेतना कार्यक्रमबीच बीमाङ्क रकम दाबी भुक्तानी अनुसार रु. २३१,८०९.०० रकमको चेक हस्तान्तरण बंंैकका भक्तपुर शाखाका शाखा प्रबन्धक भीम नारायण श्रेष्ठ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *