सनराइज बैंकका बचत खातावालाहरूलाई स्वास्थ्य बीमा सेवा दिने सम्बन्धी सम्झौता

Post Date : March 14, 2018 | 6:21 pm

काठमाडौँ, ३० फागुन । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकका बचत खाताका ग्राहकहरूलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गर्नु भयो ।

उक्त सम्झौता अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा रु. १ लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत भन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ । सनराइज बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । अब यस सम्झौता पश्चात सनराइज बैंकका बचत खाताका ग्राहकहरूले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौता सँगै सन्राइज बैंकका बचत खाताका ग्राहकहरूले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरू पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *