सनराइज बैंकको अगुवाईमा लाङ्गटाङ्ग खोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न

Post Date : December 14, 2016 | 6:39 pm

काठमाडौँ, २९ मङ्सिर । सनराइज बैंक लिमिटेडको अगुवाइमा सनराईज बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडको संयुक्त सहभागितामा सहवित्तियकरण लगानी व्यवस्था अनुसार लगानी गर्ने गरी रसुवा, जिल्लाको स्याफ्रुवेशी गा.वि.स.मा निर्माण हुन लागेको १० मेगावाट क्षमताको लाङ्गटाङ्ग खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । तीन बर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त परियोजना कृष्ण आचार्य समूहले प्रवर्द्धन गरेको मल्टी इनर्जी प्रा.लि.ले गरेको हो । कुल लागत रु २ अर्ब १७ करोड रुपैयाँ अनुमान गरिएको उक्त परियोजनामा बैंकहरुले रु. १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *