सनराइज बैंकको इलाम शाखा स्थानान्तरण

Post Date : January 30, 2017 | 4:49 pm

काठमाडौँ, १७ माघ । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोही ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको समुद्घाटन सोमबार एक कार्यक्रमबीच बैंकका नायब महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी जनक राज दाहालले गर्नुभयो ।

बैंकले बैंकिङ्ग सेवाहरु छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पुरयाउने उद्देश्यले ग्राहकहरूलाई पायक पर्ने ठाउँमा उक्त शाखा स्थानान्तरण गरेको हो । नयाँ स्थानमा स्थानान्तरणसँगै उक्त शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ । बैंकले उक्त शाखामा २०७३ माघ १७ गतेदेखि फागुन १७ गतेसम्म लकर सेवाको वार्षिक भाडा दरमा ५०% छुटको व्यवस्था गरेको छ ।

हाल सनराइज बैंकका मुलुकभर ६७ वटा शाखा र ७२ वटा एटिएमद्वारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणघाट र मलेसिया भि.एल.एन. उत्तरढोका काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *