सनराइज बैंकको औरही शाखा बिस्तार

Post Date : April 10, 2018 | 12:17 pm

धनुषा, २७ चैत । सनराइज बैंक लिमिटेडले चैत २६ गते सोमबार धनुषाको औरही गाउँपालिकामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । औरही गाउँपालिकामा गाउँपालिका अध्यक्ष श्री ब्रह्म देव यादव र बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादवले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७९ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैंकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *