सनराइज बैंकको खुद मुनाफा ६० करोड ९७ लाख रुपैयाँ

Post Date : February 10, 2017 | 1:03 pm

काठमाडौँ, २८ माघ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ५७ अर्ब ३० करोड ४ लाख रुपैयाँ निक्षेप संकलन र ४९ अर्ब २२ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरी ६० करोड ९७ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । गत आ.व.मा सोही अवधिमा बैंकको खुद मुनाफा ३६ करोड ३९ लाख रुपैयाँ थियो । बैंकको पुस मसान्तमा निष्क्रीय कर्जा अनुपात शून्य दशमलब ४० प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ३० करोड १३ लाख ९५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४५ करोड २९ लाख ८० हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *