सनराइज बैंकको तेस्रो त्रैमासिकमा ८५ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा

Post Date : May 6, 2017 | 5:03 pm

काठमाडौँ, २३ वैशाख । सनराइज बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा ५८ अर्ब ६ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन र ५० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरी ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको सोही अवधिमा निस्क्रिय कर्जा १.५० प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.६२ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ८४ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *