सनराइज बैंकको थप तीनवटा शाखारहित बैंकिङ्ग सेवाहरु

Post Date : May 3, 2017 | 12:45 pm

काठमाडौँ, २० वैशाख । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्देश्यअनुसार आफ्नो थप तीनवटा शाखारहित बैंकिङ्ग सेवा इलाम जिल्लाको मै–जोग्माई वडा नं. ३, शुक्रबारे बजार, सुनसरी जिल्लाको चिमडी गा.वि.स. हाल बर्जु गाउँपालिका वडा नं. ६ चिमडी बजार र सुनसरी जिल्लाकै बराहा नगरपालिका वडा नं. ५, कालाबन्जरमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु इलाम जिल्लामा २०७४ वैशाख १६ गते नगरपालिका सचिव मानबहादुर पौडेल, सुनसरी जिल्लामा २०७४ वैशाख १८ गते बर्जु ताल सिमसार क्षेत्रका अध्यक्ष बाली चौधरी तथा सोही जिल्लामा २०७४ वैशाख १९ गते जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरामणी पौडेलले छुट्टा छुट्टै समारोहका बीच उद्घाटन गर्नुभएको प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

बैंकको शाखा नभएको ठाउँबाट जम्मा तथा भुक्तानीका लागि एटिएम कार्ड र औंठाको छापबाट पोइन्ट अफ सेल मेसिनको माध्यमबाट संचालन गरिन्छ । योसँगै बैंकका शाखारहित बैंकिङ्ग सेवाहरूको संख्या १६ पुगेको छ । हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ६९ वटा शाखा र ७८ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौँमा एक्स्टेन्सन काउन्टर संचालनमा रहेको पनि उक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *