सनराइज बैंकको दुहवी शाखा स्थानान्तरण

Post Date : May 7, 2018 | 8:58 am

काठमाडौँ, २४ वैशाख । सनराइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं. ५ (साविकको स्थानबाट करिव ५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ । वैशाख २३ गते आइतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्न राज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर श्री वेद नारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष श्री उमेश गोश्वानीले संयुक्त रुपमा दुहवी शाखाको समुद्घाटन गर्नुभयो । बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुरयाउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको बैंकले जनाएको छ ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवं सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *