सनराइज बैंकको नवौं वार्षिकोत्सवको अवसरमा बालबालिकालाई कपडाका साथै खाद्य सामाग्री वितरण

Post Date : September 27, 2016 | 4:46 pm

काठमाडौं, ११ असोज । सनराइज बैंक लिमिटेडको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४० जना बालबालिकाहरुलाई न्यानो लत्ता कपडाहरुका साथै खाद्य सामाग्रीहरु वितरण गरेको छ ।

उक्त सामाग्रीहरु बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालक ई. बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं कर्मचारीहरुले वितरण गर्नुभएको थियो । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आइरहेकामा यस वर्ष समेत बैंकको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

यसै क्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठले सनराइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुरयाउँदै आएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुहुँदै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागि अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *