सनराइज बैंकको रेमिट्यान्स सेवा अब कोरियाबाट पनि

Post Date : August 10, 2016 | 7:24 pm

काठमाडाैं, २६ साउन । सनराइज बैंकले रेमिट्यान्स सेवा बिस्तार गर्ने क्रममा कोरियाको Industrial Bank of Korea (IBK) सँग विप्रेषण सम्बन्धी सम्झौता गरेको छ । यसबाट कोरियामा बस्दै आएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले IBK को कुनै पनि शाखाबाट नेपालमा सन्राइज बैंकको खातामा सजिलै पैसा पठाउन सक्नेछन् । IBK को कोरियामा ६३७ शाखाको संजाल छ जसमध्ये आनसान र इतेवान शाखा आप्रबासीहरुलाई रेमिट्यान्स सेवा दिने उद्देश्यले हप्ताको सातै दिन खुल्ला गरिएको छ । IBK को कुनै पनि शाखाबाट पैसा पठाउन ग्राहकले एकपल्ट सम्बन्धित शाखामा गई नेपाल स्थित पैसा पाउने व्यक्तिको विवरण दर्ता गरेपछि आफूले चाहेको समयमा स्वचालित विप्रेषण प्रणाली ANYTIME REMITTANCE अथवा मोबाइल बैकिंग अथवा ATM बाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पैसा पठाउने ग्राहकलाई IBK ले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा ३० प्रतिशत छुट दिने छ र IBK मै खाता रहेको ग्राहकले आफ्नो तलब सोहि खातामा बुझ्नेगरेको छ भने त्यस्ता ग्राहकलाई IBK ले रेमिट्यान्स पठाउन लाग्ने शुल्कमा शत प्रतिशत छुट दिने छ । यसका अतिरिक्त सन्राइज बैंकको खातामा पैसा जम्मा हुँदा सन्राइज बैकले कुनै रकम नलिने जानकारी गराएको छ । सन्राइज बैंकको ६७ वटै शाखाबाट यो सेवा लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *