सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा चक्करघातीमा

Post Date : May 7, 2018 | 8:52 am

काठमाडौँ, २४ बैशाख । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्देश्यका साथ आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ६, मुनाल चोक, चक्करघातीमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन उद्योग वाणिज्य संघ, बराहक्षेत्र नगरपालिकाका अध्यक्ष श्री सुरेन्द्र प्रसाद गुप्ताले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री दिनेश न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन श्री सुरेन्द्र प्रसाद गुप्ता र झुम्का शाखाका प्रवन्धक श्री नबिन कुमार झाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । साथै बैंकको झुम्का शाखाका प्रवन्धक श्री नबिन कुमार झाले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २१ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *