सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापाको बुधवारे र खुदुनाबारीमा

Post Date : July 12, 2016 | 11:20 am

काठमाडौं, २८ असार । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने उद्देश्य अनुसार आफ्नो दुईवटा शाखारहित बैंकिङ्ग सेवा झापा जिल्लाको वडा नं. ६ स्थित बुधवारे र वडा नं. ९ स्थित खुदुनाबारीमा सुरू गरेको छ ।

बैंकको विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द्र दत्त, नेपाल बंैकका पूर्व अवकाश कर्मचारी गिरी राज दाहाल र बुद्घ आदर्श उच्च मा.वि का प्रधानाध्यापक धन कुुमार श्रेष्ठले सोमबार एक समारोहका बीच बुधवारेमा उद्घाटन गर्नु भयो । साथै खुदुनाबारीमा, सुनौलो व्यापारीक समूहको अध्यक्ष हेम राज आचार्य र जनता उच्च मा.वि का प्रधानाध्यापक जय प्रसाद भण्डारीले उद्घाटन गर्नु भयो ।

Khudunabari

सो अवसरमा बैंकको विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द्र दत्तले, दुवै शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको बुधवारेका प्रतिनिधि मञ्जू कँडेल तथा खुदुनाबारीका प्रतिनिधि नरेन्द्र कुमार श्रेष्ठललार्ई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । शाखा कार्यालय नभएको ठाउँबाट बचत तथा भुक्तानीका लागि शाखारहित बैंकिङ्ग सेवा मार्फत एटिएम कार्ड र औंठा छापबाट कारोबार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *