सनराइज बैंकको शाखा कैलालीको चुरे गाउँपालिकामा बिस्तार

Post Date : June 1, 2018 | 11:13 am

काठमाडौँ, १८ जेठ । सनराइज बैंक लिमिटेडले १७ गते बिहीबार कैलालीकोे चुरे गाउँपालिकामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । चुरे गाउँपालिकामा उक्त शाखा गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर रोक्का मगर र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख श्री हरि प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको बैंकले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

साथै बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवा गोकर्णेश्वरको सुन्दरीजलमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गोकर्णेश्वर नगरपालिका, वडा नं १ का अध्यक्ष श्री राम मानन्धरले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री रमेश प्रसाद सिम्खडालाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको समेत जनाएको छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको पनि जनाएको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *