सनराइज बैंकको शाखा खुसिबुमा

Post Date : April 9, 2017 | 6:30 pm

काठमाडौँ, २७ चैत । सनराइज बैंक लिमिटेडले काठमाडौँको ढल्कोमा रहेको शाखालाई खुसिबुमा स्थानान्तरण गरेको छ । उक्त शाखा कार्यालयका उद्घाटन आज एक कार्यक्रमका बीच बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौड्यालले गर्नुभयो ।

बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरूसमक्ष पुरयाउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकको सो शाखामा २०७४ बैशाख २७ गते सम्म लकरको वार्षिक भाडा दरमा ५०% छुटको व्यवस्था गरिएको कुरा प्रेस विज्ञप्तीमार्फत जनाइएको छ ।

हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ६८ वटा शाखा र ७७ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन.काठमाडौँमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । बैंकले निकट भविष्यमा काठमाडौँको घट्टेकुलो, झापाको बुधबारे, सुर्खेतको विरेन्द्रनगर तथा मकवानपुरको हेटौंडामा शाखा स्थापना गर्ने कुरा समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *