सनराइज बैंकको शाखा झापाको दमकमा

Post Date : February 28, 2017 | 4:31 pm

काठमाडौँ, १७ फागुन । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको दमक नगरपालिका वडा नं. १० स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको भवनमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन आज एक कार्यक्रमका बीच, दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले संयुक्त रूपमा गर्नुभयो ।

यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना समस्त ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुरयाउन सक्षम हुुुुनेमा विश्वास लिएको छ । उक्त शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ ।

हाल सनराइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ६८ वटा शाखा र ७३ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यो दमक शाखासँगै विराटनगरदेखि पूर्वी नेपालको क्षेत्रमा बैंकको १२ वटा शाखाहरुले ग्राहकहरुमा सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा झापाको बुधबारेमा अर्को शाखा खोल्न लागेको समेत जनाएको छ । साथै यस बैंकका वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौँमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *