सनराइज बैंकको शाखा रामेछापको उमाकुण्डमा

Post Date : April 10, 2018 | 5:05 pm

काठमाडौँ, २७ चैत । सनराइज बैंक लिमिटेडले मंगलबार रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तीभण्डारमा नयाँ शाखा बिस्तार गरेको छ । बाम्तीभण्डार शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय श्री जनार्दन शर्मा र श्री श्याम कुमार श्रेष्ठ र बैंकका अध्यक्ष श्री मोतीलाल दुगडले संयुक्त रुपमा गर्नुभएको जानकारी बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैंकिङ्ग तथा ईन्भेष्टमेन्ट बैंकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको समेत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *