सनराइज बैंकद्वारा करुणामय मन्दिरलाई CCTV Camera र UPS  हस्तान्तरण

Post Date : May 21, 2018 | 11:02 am

काठमाडौँ, ५ जेठ । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बनेपा, नाला स्थित करुणामय मन्दिरलाई CCTV Camera र UPS हस्तान्तरण गरेको छ । उग्रचण्डी नाला समाजले आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री शिवराज श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, बनेपा नगरपालिकाका वडा अध्यक्ष श्री श्याम कृष्ण श्रेष्ठ, उग्रचण्डी नाला समाजका अध्यक्ष श्री चन्द्रलाल श्रेष्ठ लगायत नाला समाजका प्रतिनिधिहरु साथै बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बैंकको भक्तपुर शाखाको अगुवाईमा करुणामय मन्दिर सरसफाई कार्यक्रम पनि सम्पन्न गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *