सनराइज बैंकद्वारा खगेन्द्र नवजीवन केन्द्रलाई सहयोग

Post Date : December 2, 2016 | 2:44 pm

काठमाडौँ, १७ मङ्सिर । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा खगेन्द्र नवजीवन केन्द्र जोरपाटीमा आश्रित अपाङ्ग ब्यक्तिहरूलाई ५ थान ह्वीलचियर, ७८ थान न्यानो कम्बल र खाद्य सामग्री उपलब्ध गराएको छ । शुक्रबार एक समारोहबीच उक्त सामग्रीहरु बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक समितिका सदस्य मालचन्द दुगड, एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले वितरण गर्नुभयो ।

कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकले अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्ग ब्यक्तिहरूलाई सहयोग सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । यसै क्रममा खगेन्द्र नवजीवन केन्द्रका महासचिव श्री यज्ञ उप्रेती र केन्द्रका संचालक श्री भुपति संजेलूले केन्द्रको बारेमा जानकारी दिनुका साथै बैंकले पुरयाएको सहयोगका लागी कृतज्ञता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *