सनराइज बैंकद्वारा छात्रवृत्ति वितरण

Post Date : March 20, 2018 | 6:42 pm

काठमाडौँ, ६ चैत । सनराइज बैंक लिमिटेडले बैंक सञ्चालनको दश वर्ष पुगेको अवसरमा वर्षभरि नै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । यसै क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले २०७४ चैत्र ६ गतेका दिन लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा अवस्थित विभिन्न छ वटा विद्यालयहरूमा अध्ययनरत १० जना बालबालिकाहरूलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ । उतm कार्यक्रममा बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दिपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारी, नायब महाप्रबन्धकद्वय अपछ कुमार यादव, रविन कुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरूकोे सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *