सनराइज बैंकद्वारा त्रिविविका स्नाकोत्तर तहका विद्यार्थीहरुको थेसिसका लागि आर्थिक सहयोग

Post Date : May 11, 2017 | 6:23 pm

काठमाडौँ, २८ वैशाख । सनराइज बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एम.बि.एस. र एम.बि.ए. बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान विषयअन्तर्गत प्रस्तुत गर्नुपर्ने शोधपत्र (Thesis) तयार पार्नको लागि आर्थिक सहयोग गर्ने भएको छ । सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी आज बैंक र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागबीच MOU (Memorandum of Understanding) मा हस्ताक्षर सम्पन्न भयो जस अनुसार त्रिविविका एम.बि.एस. र एम.बि.ए.मा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र त्रिभुवन विश्व विद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्रमुुख प्रा.डा. भोजराज अर्यालले हस्ताक्षर गर्नु भएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *