सनराइज बैंकद्वारा बिर्तामोडको नयाँ बसपार्कमा एटिएमको शुभारम्भ

Post Date : March 1, 2017 | 3:18 pm

झापा, विर्तामोड, १८ फागुन । सनराइज बैंक लिमिटेडले विर्तामाडको नयाँ बसपार्कस्थित होटल बि एण्ड वाइ प्रा. लि.मा एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गर्नुभयो ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एवं सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्गको कार्य गर्नका लागि बैंकको सहायक कम्पनी एन.सि.एम.मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *