सनराइज बैंकद्वारा सनसिटी अपार्टमेन्टमा एटिएमको शुभारम्भ

Post Date : July 6, 2017 | 3:41 pm

काठमाडौँ, २२ असार । सनराइज बैंक लिमिटेडले गोठाटारस्थित सनसिटी अपार्टमेन्टमा ८१ औँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालको उपस्थितिमा बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैंकिङ्ग तथा ईन्भेष्टमेन्ट बैंकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *