सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

Post Date : April 24, 2018 | 2:57 pm

काठमाडौँ, ११ वैशाख । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५% वा विल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकका गाःबहाल शाखाका ग्राहक श्री राजेन्द्र बज्राचार्यको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च रु. २१,१९९।– बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी र नायब महाप्रबन्धक श्री अपछ कुमार यादबले निजका पत्नी श्रीमती मैया बज्राचार्यलाई प्रदान गर्नुभयो ।

सनराइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *