सनराइज बैंकद्वारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी

Post Date : May 23, 2018 | 1:38 pm

काठमाडौँ, ९ जेठ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५% वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

यसै क्रममा बैंकका गैह्रीधारा शाखाका ग्राहक श्रीमती विष्णु लक्ष्मी खरेल अस्पतालमा भर्ना हुँदा लागेको उपचार खर्च रु. १५,८३८।– बराबरको रकम बैंकका नायब महाप्रबन्धक श्री रविन नेपालले निजका छोरा डा. अस्वस्थामाभक्त खरेललाई प्रदान गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

साथै बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *