सनराइज बैंकलाई Care Ratings Nepal Ltd द्वारा “A–” ईस्यूवर रेटिङ्ग प्रदान

Post Date : May 25, 2018 | 6:12 pm

काठमाडौँ, ११ जेठ । सनराइज बैंक लिमिटेडलाई Care Ratings Nepal Ltd. द्वारा “A–” ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ । “A–” रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । Care Ratings Nepal Ltd. का प्रमुख कार्यकारी अधिकृत श्री साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यलाई एक कार्यक्रमका माझ उक्त “A–” रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

बैंकले आफ्नो लगानीकर्ताहरु तथा सम्पूर्ण हिताधिकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखीमहरुलाई न्यूनिकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्दछ । आगामी दिनहरुमा पनि बैंकले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा बैंक अझै प्रतिबद्घ छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको जनाएको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ६० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *