सनराइज बैंक तथा ज्यापु समाज बीच सम्झौता

Post Date : June 13, 2017 | 11:45 am

काठमाडौँ, ३० जेठ । सनराइज बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्यापु समाजमा आवद्ध सम्पूर्ण ज्यापु लगायत अन्य सरोकारवालाहरुको दैनिक जीवनसँग सम्बन्धित सामाजिक, आर्थिक, व्यवसायिक लगायत अन्य विधाहरुमा विशेष ज्ञान हासिल गरी जीवनयापनमा सहजता ल्याउने हेतुले रु. ६,००,०००।– (अक्षरेपी छ लाख रुपैयाँ) को र्आिर्थक सहयोग प्रदान गरेको छ । उक्त सहयोग २०७४ जेठ २९ गते एक कार्यक्रमका बिच दुबै पक्षबाट सम्झौतापत्रमा हस्ताक्षर गरी प्रदान गरियो । सम्झौतापत्रमा ज्यापु समाज, यलका अध्यक्ष प्रेम महर्जन तथा सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नु भएको कुरा बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरीबाबु महर्जन, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राज कुमार श्रेष्ठ, सनराइज बैंकका नायब महाप्रबन्धक आशा राणा अधिकारी तथा ज्यापु समाज, यलका प्रतिनिधीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो । सनराइज बैंक र ज्यापु समाज बीचको आर्थिक सहयोग र संयुक्त रुपमा संचालन हुने विविध गतिविधिले समुदायमा हस्तकला वा अन्य कुनै व्यवसायमा संलग्न युवा तथा महिलाहरुमा उद्यमशीलताको विकास हुन गई तिनीहरुको आर्थिकोपार्जनमा समेत थप सहयोग पुग्ने र यसले युवा तथा महिला सशक्तीकरणमा टेवा पुरयाउने सनराईज बैंकले बिश्वास लिएको समेत उक्त प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *