सनराइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानीका लागि सम्झौता

Post Date : March 23, 2018 | 5:07 pm

काठमाडौँ, ९ चैत । सनराइज बैंक र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंकका तर्फबाट नायब महाप्रबन्धक श्री रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्ध निर्देशक श्री मनिष मोदीले बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नु भयो । यस सम्झौता अनुसार सनराइज बैंकका ग्राहकहरूले बैंकको मोबाईल बैकिङ्ग सुविधा प्रयोग गरी “खल्ती” मा सजिलै पैसा लोड गर्न र सो मार्फत विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्नु हुनेछ । २६ जनवरी २०१७ बाट नेपाली बजारमा आरम्भ भएको “खल्ती”, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । “खल्ती” एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ्ग तथा अन्य थुप्रै सेवाहरू मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । हाल “खल्ती” प्रयोगकर्ताहरूको संख्या ७,००,००० भन्दा बढी रहेको छ ।

मोबाइलएप डाउनलोड गर्न

सनराइज बैंकको मोबाईल बैंकिङ्ग एप www.sunrisebank.com.np/mobileapp बाट डाउनलोड गर्न सकिन्छ ।
यस्तै, ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *