सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा इलामको नेपालटारमा

Post Date : June 23, 2016 | 5:41 pm

काठमाडाैं, ९ आषाढ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुरयाउँदै जाने रणनीति अनुसार आफ्नो शाखारहित बैंकिङ्ग सेवा इलामको जिल्लाको साखेजुङ्ग गा.वि.स.वडा नं.७ स्थित नेपालटारमा शुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवा बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले बिहीबार एक समारोहका बीच उद्घाटन गर्नु भयो । सो अवसरमा बैंकको इलाम शाखाका प्रमुख गुरू राज रेग्मीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्देश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि श्री सुरेन्द्र राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिन्छ ।

अब बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ६ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई अत्याधुनिक बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *