सनराइज बैंक लिमिटेडले ३३.३३% बोनश शेयर दिने

Post Date : September 15, 2016 | 11:32 am

काठमाडौं, ३० भदौ । सनराइज बैंक लिमिटेडको संचालक समितिको मिति २०७३/०५/२९ गते बसेको २५० औं बैठकले आफ्ना शेयरधनीहरूलाई साविकको नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ती गरे पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ३,९७,६०,४९,७४१/– (अक्षरेपी रु. तीन अर्ब सन्तानब्बे करोड साठी लाख उनन्चास हजार सात सय एकचालीस) मा २०७३ आषाढ मसान्तसम्मको जगेडा कोष र आ.व. २०७२/०७३ को मुनाफाबाट समेत गरी जम्मा रु. १,३२,५३,४८,८००/– (अक्षरेपी रु. एक अर्ब बत्तीस करोड त्रिपन्न लाख अठ्चालीस हजार आठ सय मात्र) अर्थात् ३३.३३ प्रतिशत (शेयरधनीले धारण गरेको प्रत्येक ३ कित्ता शेयरमा १ कित्ता शेयर) का दरले बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।

साथै आयकर ऐनको दफा ४७क अनुसार मर्जर तथा प्राप्ती गर्ने वित्तीय संस्थाहरूको हकमा दुई वर्षसम्म लाभांश वितरणमा लाभांश कर नलाग्ने व्यवस्था रहेको र गत आर्थिक वर्ष बैंकले नारायणी नेशनल फाइनान्सलाई प्राप्त गरेकोले उक्त व्यवस्था अनुसार शेयरधनीहरूको प्राप्ती अघिसम्म कायम शेयरमा लाभांश कर नलाग्ने र सो पश्चात् प्राप्त गरेको शेयरको हकमा लाग्ने लाभांश कर सम्बन्धित शेयरधनीहरू स्वयंले ब्यहोर्ने गरी त्यस्तो कर रकम बोनश शेयर वितरण गर्ने बखत असुल गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् बैंकको आगामी ९ औं वार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *