सन् २०३० मा नेपालको विद्युत माग १० हजार मेगावाट पुग्ने

Post Date : August 2, 2016 | 12:48 pm

काठमाडौं, १८ साउन । राष्ट्रिय योजना आयोग र लगानी बोर्डले गरेको संयुक्त अध्ययनले सन् २०३० मा नेपालको विद्युत माग १० हजार मेगावाट पुग्ने जनाएको छ । अन्तर्राष्ट्रिय आवधिक ऊर्जा एजेन्सीले तयार गरेको मोडल अनुरुप गरिएको अध्ययनमा सन् २०१४ लाई आधारवर्ष मानिएको थियो ।

सन् २०१४ मा नेपालको जनसंख्या २ करोड ७६ लाख रहेकोमा वार्षिक १.३५ प्रतिशतका दरले वृद्धि भई सन् २०३० मा ३ करोड ९० लाख पुग्ने अनुमान गरिएको छ । सहरी जनसंख्या ४० प्रतिशतले वृद्धि भई ४९ प्रतिशत पुग्ने र ५४ लाख घरधुरी बढेर ७७ लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपि) आधारवर्ष सन् २०१४ को तुलनामा ५ गुणा वृद्धि हुने अनुमान गरिएको छ । जिडिपि १० प्रतिशतले औसत वृद्धि भई सन् २०३० मा ८३ अर्ब अमेरिकी डलर पुग्नेछ । उच्च आर्थिक वृद्धिसँग विद्युत ऊर्जाको माग सोही अनुसार बढ्नेछ ।

लगानी बोर्डले माग प्रक्षेपण प्रतिवेदन पारित गरी स्वीकृतिका लागि मन्त्री परिषदमा पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *