सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद शेयर लिलाम

Post Date : March 16, 2017 | 9:11 pm

काठमाडौँ, ३ चैत । सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई हकप्रद शेयर बिक्री खुल्ला गरेकोमा आवेदन नपरेको संस्थापक समूह तर्फको ५६ हजार ७ सय कित्ता र सर्वसाधारण समूह तर्फको ४० हजार ८ सय २६ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गर्ने भएको छ । शेयर खरिदका लागि २०७३ चैत २५ गतेभित्र शिलबन्दी आवेदन दिइसक्नु पर्नेछ ।

शेयरको न्यूनतम प्रति शेयर रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

गोप्य सिलबन्दी बोलपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँ र सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय, मेनरोड, विराटनगरमा दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *