सबै सूचक अोरालो लागेर राताम्मै बनेको नेप्से २४.६३ अंकले घट्यो

Post Date : November 8, 2016 | 3:48 pm

काठमाडाैं, २३ कात्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २४.६३ अंकले घटेर १७२४.४९ बिन्दुमा पुगेको छ । कुल ४५३१ कारोवारबाट १० लाख ३८ हजार ५४७ कित्ता शेयर किनबेच भई ७६ करोड ३७ लाख ९६ हजार ४४७ रुपैयाको कारोवार भएको छ ।

अाज शेयरबजार दोहोरो अङ्क (२४.६३) ले घटेर सबै सूचक अोरालो लागी राताम्मै बनेको छ ।

वाणिज्य बैंकहरुको २७.०६ अंकले घटेर ३१ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ४३.८४ अंकले घटेर ३० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको १८.४ अंकले घटेर १९ करोड ७९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ४७.३१ अंकले घटेर २ करोड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको ४.५३ अंकले घटेर १ करोड १ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १२९.६९ अंकले घटेर १६ करोड ७३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । त्यस्तै उत्पादन समूहको ३१.०३ अंकले घटेर ११ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूह १.१६ अंकले घटेर ५० लाख ९८ हजार १ सय रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंक लिमिटेडको ९ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सिभिल बैंक लिमिटेडको ५ कराेड ९५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *