सम्सारा रेमिट र मेगा बैंकबीच सम्झौता

Post Date : December 28, 2016 | 2:04 pm

काठमाडौँ, १३ पुस । सम्सारा रेमिट र मेगा बैंक नेपाल बीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठ र मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौतापछि सम्सारा रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम मेगा बैंकका देशभर रहेका ४० वटा शाखा र एकहजार चारसय एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *