सरकार परिवर्तनको पूर्वसन्ध्यामा शेयरबजार अोरालो लाग्ने क्रम रोकिएन

Post Date : August 3, 2016 | 5:29 pm

काठमाडाैं, १९ साउन । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १२.७५ अंकले घटेर १८१३.७२ बिन्दुमा पुगेको छ । कुल ६२८४ कारोवारबाट २४ लाख ९९ हजार ५०४ कित्ता शेयर किनबेच भई १ अर्ब २८ करोड ३१ लाख ७९ हजार ४८१ रुपैयाको कारोवार भएको छ ।

अाजको शेयरबजारमा सबै समूहहरुको शेयर कारोवार अोरालो लागेको छ । सरकार परिवर्तनको पूर्वसन्ध्यामा शेयरबजार अोरालो लाग्ने क्रम अझै रोक्न सकेको छैन ।

वाणिज्य बैंकहरुको १३.४८ अंकले घटेर ६४ करोड ७५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने विकास बैंक समूहको ११.०१ अंकले घटेर १८ करोड ६५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । जलविद्युत समूहको १७.५८ अंकले घटेर ४ करोड १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ भने फाइनान्स समूहको १०.५५ अंकले घटेर ४ करोड ७४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको ३३.८२ अंकले घटेर २९ करोड १० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको १०.८९ अंकले घटेर १ करोड १५ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । उत्पादन समूहको ४१.४ अंकले घटेर ५ लाख ९४ हजार २६० रुपैयाको कारोवार भएको छ भने अन्य समूहको ३.७६ अंकले घटेर १ करोड ९४ लाख ५० हजार ४०० रुपैयाको कारोवार भएको छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंक लिमिटेडको ९ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंक लिमिटेडको ७ कराेड २१ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *