सहकारीद्वारा डेढ अर्ब ऋण लगानी

Post Date : August 18, 2016 | 4:28 pm

पाँचथर, २ भदौ । आर्थिक उन्नतिका लागि सहकारीमा सङ्गठित हुनेको सङ्ख्या बढेसँगै सहकारीको लगानीमा पनि वृद्धि भएको छ ।

मेची अञ्चलका पाँचथर, इलाम र ताप्लेजुङमा सहकारी संस्थाले रु एक अर्ब ५२ करोड ९६ लाख ७५ हजार ऋण लगानी गरेका डिभिजन सहकारी कार्यालयका लीला विष्टले जानकारी दिनुभयो । यस क्षेत्रका धेरैजसो सहकारीले धितो लिएर ऋण लगानी गर्ने गरेका छन् ।

“सहकारीको लगानी धेरै देखिए पनि जोखिममा पर्ने डर रहन्न,” उहाँले भन्नुभयो । पाँच सय २८ सहकारी संस्था रहेको इलाममा रु एक अर्ब दुई करोड ६३ लाख ८१ हजार लगानी छ । पाँचथरका २३८ सहकारीले रु ३४ करोड १० लाख २३ हजार तथा ताप्लेजुङका १६१ सहकारीले रु १६ करोड २२ लाख ६९ हजार लगानी गरेका छन् ।

तीन जिल्लाका ९२७ विषयगत र प्रारम्भिक सहकारीले रु एक अर्ब एक करोड ३५ लाख ७२ हजार रकम बचत गरेका छन् । इलामका सहकारीले रु ६९ करोड ४७ लाख १६ हजार, पाँचथरका सहकारीले रु २१ करोड ५० लाख ८१ हजार र ताप्लेजुङका सहकारीले रु १० करोड ३७ लाख ७५ हजार रकम बचत गरेका डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

ती सहकारी संस्थामा रु ३७ करोड २० लाख २६ हजार सेयर पुँजी सङ्कलन छ । इलामका सहकारीमा रु २२ करोड ६८ लाख ६८ लाख ६६ हजार, पाँचथरका सहकारीमा रु नौ करोड ८७ लाख ६५ हजार र ताप्लेजुङका सहकारीमा रु चार करोड ६३ लाख ९४ हजार सेयर पुँजी रहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *