सहकारी संस्थाले पनि ऋणीलाई कालो सूचीमा राख्ने

Post Date : April 18, 2016 | 6:20 pm

सहकारी संस्थाले पनि ऋणीलाई कालो सूचीमा राख्ने भएका छन् । सहकारी संस्थाबाट ऋण लिई समयमा नबुझाउनेलाई अब बैंक तथा वित्तीय संस्थाले झैं कालो सूचीमा राखी कारवाही अगाडि बढाउने भएको छन् ।

२०७१ असोजमै सरकारले “सहकारी ऋण लगानी सूचना एकाइ निर्देशिका” पारित गरेको थियो । सूचना केन्द्र संचालन भएपछि एउटा सहकारीबाट ऋण लिएका व्यक्तिले त्यो ऋण नतिरी अर्को सहकारीबाट ऋण लिन पाउने छैन । ऋण तिरेन भने कालो सूचीमा राख्ने व्यवस्था गरिएको छ । निर्देशिकामा १ करोड रुपैयाभन्दा बढी कारोबार गर्ने सहकारीले ५० हजार रुपैया भन्दा बढी ऋण लगानी गर्दा सूचना केन्द्रमा जानकारी आदान–प्रदान गर्नुपर्ने उल्लेख छ । सूचना केन्द्रबाट जानकारी प्राप्त भएपछि मात्र सहकारी संस्थाले ऋण लगानी पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *