साँग्रीला डेभलपमेन्ट बैंकले दुई विकास बैंकलाई प्राप्ती गर्ने

Post Date : January 6, 2017 | 3:34 pm

काठमाडौँ, २२ पुस । राष्ट्रिय स्तरको साँग्रीला डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (तीन जिल्ला कार्यक्षेत्र भएको), कसमस डेभलपमेन्ट बैंक (एक जिल्ला कार्यक्षेत्र भएको) लाई प्राप्ती (एक्वायर) गर्ने भएको छ ।

बैंक प्राप्ती गर्ने सम्बन्धी सहमतीपत्रमा साँग्रीला डेभलपमेन्ट बैंक अध्यक्ष प्रा. सुरेन्द्रबहादुर भारिजु, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका अध्यक्ष पशुपति घिमिरे र कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. टेकनाथ ढकालले हस्ताक्षर गर्नु भएको छ ।

सहमतीपत्र नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने बैंकले जनाएको छ ।

दुईवटा विकास बैंक प्राप्तीपछि साँग्रीला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब ५७ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *