साँग्रीला डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासिकसम्म २४ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा

Post Date : May 6, 2017 | 4:41 pm

काठमाडौँ, २३ वैशाख । साँग्रीला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकसम्ममा २४ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकले ११ अर्ब ७८ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन र १० अर्ब ८१ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरी मुनाफा कमाएको हो । बैंकको निस्क्रिय कर्जा ०.६९ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३.११ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ छ भने जगेडा कोषमा ६२ करोड २० लाख २६ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *