साँग्रीला डेभलपमेन्ट बैंकमा गाभियो कसमस डेभलपमेन्ट बैंक

Post Date : July 15, 2017 | 12:08 pm

काठमाडौँ, ३१ असार । साँग्रीला डेभलपमेन्ट बैंकले कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी एकीकृत कारोवार शुरु गरेको छ । एकीकृत कारोवारको उद्घाटन २०७४ असार ३० गते शुक्रबार साँग्रीला डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ र कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. टेकनाथ ढकालले संयुक्त रूपमा गर्नु भएको छ ।

कसमस डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि साँग्रीला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ शेयरका दरले हकप्रद शेयर निष्काशन गर्ने बैंकको १२ औँ वार्षिक साधारण सभाको निर्णय बमोजिम हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्ता पूँजी २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *