साझाका तीस बस भदौमा आइपुग्ने

Post Date : June 6, 2016 | 6:29 am

काठमाडौँ, २३ जेठ । साझा यातायातले काठमाडौँ महानगरपालिकाको रु १० करोड सेयर लगानीमा ल्याउन लागेको ३० वटा बस आगामी भदौको तेस्रो साता काठमाडाँै आइपुग्ने भएको छ ।

साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक ल्यान्डबीच गत चैतमा भएको सम्झौताअनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझालाई बुझाउनुपर्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

अब आउने बस ८० सीट क्षमताको हुने र सबै बस अपाङ्गमैत्री हुने पनि साझा यातायातले जनाएको छ । त्यस्तै बसमा स्वचालित ढोका, सिसिटिभी क्यामेरा, टेलिभिजनलगायत सुविधा हुनेछ । तीसवटा बस थपिएसँगै साझासँग ४६ वटा बस हुनेछ ।

यसैबीच भारतको मुम्बइस्थित अशोक ल्याण्डको कारखानामा बन्दै गरेको बसको विभिन्न भागको अवलोकनका लागि एक टोली त्यसतर्फ प्रस्थान गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *