साढे तीन करोडको कारोबार

Post Date : July 18, 2016 | 4:23 pm

पोखरा, ३ साउन । कृषि सामग्री कम्पनि लिमिटेड, शाखा कार्यालय पोखराले आर्थिक वर्ष ०७२/७३ मा रु तीन करोड ६४ लाख २१ हजार ७९६ को कारोबार गरेको छ ।

सहकारी संस्था मार्फत रासायनिक मल (युरिया, डि.ए.पि. र पोटास) बिक्री वितरण गर्दै आएको कार्यालयमा यस आवका लागि ८४ वटा सहकारी संस्था सूचीकृत भए पनि ५२ वटा संस्थाबाट मात्र कारोबार भएको निमित्त शाखा प्रबन्धक शालिग्राम वाग्लेले जानकारी दिनुभयो ।

कार्यालय मार्फत कास्की जिल्लाका साथै केही मात्रामा मनाङ र मुस्ताङमा पनि रासायनिक मल वितरण हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आव २०७२/७३ का लागि कार्यालयबाट एक हजार ६६० मेट्रिक टन रासायनिक मल बिक्री वितरण गर्ने लक्ष्य राखिएकोमा एक हजार २२७ मट्रिक टन बिक्री भएको छ ।

धानबालीका लागि आवश्यक पर्ने रासायनिक मल पनि पर्याप्त रहेको हुँदा किसानलाई अभावको समस्या भोग्नु नपर्ने कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *