साढे ४ मेगावाट विजयपुर–२ जलविद्युत आयोजनामा कुमारी बैंक र जनता बैंकको लगानी

Post Date : April 23, 2017 | 8:12 am

काठमाडौँ, १० वैशाख । सिभिल हाइड्रोपावर प्रा.लि.ले विजयपुर खोलाको पानीबाट साढे ४ मेगावाट बिजुली निकाल्न निर्माण कार्य शुरु गरेको छ ।

माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष तथा व्यवसायी सूर्यबहादुर के.सी. लगायतको लगानीमा संचालनमा आइसकेको भगवती हाइड्राको विजयपुर–१ को विद्युत गृहबाट निस्कने पानीलाई २४ सय मिटर तल खसालेर विद्युत गृहमा बिजुली निकालिनेछ ।

यस आयोजनाको लागत ९५ करोड रुपैयाँमा कुमारी बैंक र जनता बैंकको ६६ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरिसकेका छन् । आयोजना १८ महिनामा पूरा गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *