साताको दोस्रो दिन पनि शेयरबजारमा सुधार अाएन

Post Date : July 4, 2016 | 4:09 pm

काठमाडाैं, २० असार । साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २.३७ अंकले घटेर १७१६.८३ बिन्दुमा पुगेको छ । कुल ६५०९ कारोवारबाट २८ लाख ४९ हजार ५३५ कित्ता शेयर किनबेच भई १ अर्ब ५४ करोड ५२ लाख ७ हजार २३६ रुपैयाको कारोवार भएको छ । हिजोको तुलनामा अाज ०.१४ प्रतिशतले मात्र नेप्से घटेको हो, तर कारोवार भएको रकम भने कमी अाएको छ ।

अाज विकास बैंक र फाइनान्स समूह बाहेक अरु सबै समूहहरुको कारोवारमा गिरावट अाएकाे छ । वाणिज्य बैंकहरुको ३.९६ अंकले घटेर ३२ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । जलविद्युत समूहको २०.८१ विन्दुले घटेर साढे करिब ७ करोड रुपैयाको कारोवार भएको छ । त्यस्तै बीमा कम्पनीहरुको कारोवारमा ७८.८ अंकले घटेर ३० करोड रुपैयाभन्दा बढीको कारोवार गरेकाे छ । हिजो बीमा कम्पनीहरुको कारोवारमा अत्यधिक गिरावट अाई २२३.९५ अंकले घटेको थियो ।

अाज सबैभन्दा बढी फाइनान्स कम्पनीहरुको ३८.९६ अंकले बढेर १२ करोड रुपैयाभन्दा बढीकाे कारोवार भएको छ । त्यस्तै विकास बैंकहरुकाे २.९६ अंकले बढेर ५८ करोड रुपैयाभन्दा बढीको कारोवार भयो ।

अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी ग्रामिण लघुवित्त विकास केन्द्रकाे करिब ८ कराेड रुपैयाको कारोवार भएकाे छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ६ कराेड रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *