साताको पहिलो दिन शेयरबजार उकालो तर्फ

Post Date : June 26, 2016 | 3:41 pm

काठमाडाैं, १२ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन अाज १८.८८ अंकले बढेर १६८५.१७ बिन्दुमा पुगेको छ । कुल ६२७७ कारोवारबाट ६३ लाख ९३ हजार छ८२ कित्ता शेयर किनबेच भई १ अर्ब ६० करोड ५७ लाख ६३ हजार ५८ रुपैयाको कारोवार भएको छ ।

होटल, जलविद्युत, बीमा र उत्पादन समूह बाहेकका सबै समूहहरुको कारोवारमा वृद्धि भएको छ । सबैभन्दा बढी कारोवार वाणिज्य बैंकहरुको भएको छ जसमा  ३३.३३ अंकले बढेर ६० करोड रुपैया भन्दा बढीको कारोवार भएको छ । गएको साता अन्तिम दिन जलविद्युत समूहको कारोवारमा ४०.८३ अंकले बढेर २८ करोड रुपैयाभन्दा बढीको कारोवार गरेकोे थियो भने अाज साताको पहिलो दिन ९.३७ अंकले घटेर १४ करोड रुपैयाभन्दा बढीको कारोवार गरेको छ । बीमा कम्पनीहरुकोे काराेवार पनि ३०.२८ विन्दुले घटेकाे छ । सबैभन्दा बढी कारोवार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ कराेड रुपैयाभन्दा बढीको भएको छ भने एभरेष्ट बैंक लिमिटेडको १० करोड रुपैया भन्दा बढीको कारोवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *