सात सहकारी खारेज

Post Date : July 13, 2016 | 8:24 pm

धनगढी, २९ असार । कैलालीका सात सहकारी खारेजीमा परेका छन् ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीले आफ्नो क्रियाकलापसम्बन्धी प्रतिवेदन नबुझाएका, लेखा परीक्षण नगराएका र लगातार दुई वर्षसम्म पनि साधारणसभा नगरेका सात सहकारी संस्था खारेजीमा परेको जनाएको छ ।

खारेजीमा पर्नेमा धनगढीको श्री जोखरबाबा कुखुरापालन पशु विकास सहकारी संस्था, मसुरिया गाविसको पञ्चवटी दुग्ध उत्पादन सहकारी संस्था र कञ्चन कृषि दुग्ध उत्पादन सहकारी संस्था, दरख गाविसको बटुकाबाबा महादेव सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्था, चौमाला गाविसको चौमाला कृषि दुग्ध उत्पादन सहकारी संस्था, साविक श्रीपुर गाविसको गोलादेव दुग्ध उत्पादन सहकारी संस्था र टीकापुरको विजय सहकारी संस्था रहेको कार्यालयका सूचना अधिकृत सुरेशप्रसाद जैशीले बताउनुभयो ।

जिल्लामा यस वर्ष नयाँ सहकारीका रुपमा ३३ संस्था दर्ता भएका छन् । यी संस्थासमेत जिल्लामा कुल सहकारी संस्थाको सङ्ख्या ६१७ पुगेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *