“साधारण लेखपढ मात्रै जानेका र निर्णयमा ल्याप्चे लगाउने संचालक अब बस्न पाउँदैनन् ।” – गभर्नर नेपाल

Post Date : July 2, 2017 | 1:31 pm

काठमाडौँ, १८ असार । कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गरी  एकीकृत कारोवार शुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक समारोहबीचअसार १६ गते शुक्रबार एकीकृत कारोवारको शुभारम्भ गर्नु भएको थियो । उक्त समारोहमा ‘साधारण लेखपढ मात्रै जानेका र निर्णयमा ल्याप्ने लगाउने संचालक अब बस्न पाउँदैनन्’ गभर्नर नेपालले भन्नुभयो ।

कुमारी बैंकले गत जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट उक्त चार संस्थालाई गाभेर एकीकृत कारोवार गर्न स्वीकृति पाएको थियो । कुमारी बैंकले उक्त चार संस्था प्राप्तीपछि चुक्ता पूँजी ६ अर्ब २० करोड रुपैयाँ पुगेको जनाएको छ ।

२०७३ चैत ९ गते सम्पन्न साधारण सभाले एकीकृत कारोवारपछि कायम हुने चुक्ता पूँजीको २० प्रतिशत अर्थात १ अर्ब १९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ४० करोड रुपैयाँ नाघ्नेछ । चालु आर्थिक वर्ष २०७३/७४ मा गरेको नाफाबाट बोनस शेयर वितरण गरेर नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

त्यस्तै चार संस्था प्राप्तीपछि कुल निक्षेप ५२ अर्ब ३० करोड रुपैयाँ, कुल कर्जा ४४ अर्ब ९५ करोड रुपैयाँ, शाखा संख्या ७४, एटिएम संख्या ५७ र एक्सटेन्सन काउण्टर २ वटा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *