साना किसान विकास बैंक १६ औँ वर्षमा प्रवेश

Post Date : March 10, 2017 | 8:49 am

काठमाडौँ, २७ फागुन । साना किसान विकास बैंक १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ सालमा स्थापित बैंकले लघुवित्तका लागि थोक कर्जा प्रवाह गर्दै आएको छ ।

बैंकले २०७३ पुस मसान्तसम्म १० अर्ब ५३ करोड ६२ लाख ५४ हजार रुपैयाँ सापटी र १२ अर्ब ४५ करोड ८० लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरी १५ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

बैंकको हाल चुक्ता पूँजी ५० करोड ३० लाख ६२ हजार ३ सय ५० रुपैयाँ छ भने जगेडा कोषमा ९५ करोड ६९ लाख १८ हजार २ सय ९० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *